आज गाईगोरु पूजा, यसकारण पुजिन्छ गाईलाई

आज तिहारको अर्को महत्त्वपूर्ण दिन अर्थात् यमपञ्चकको गाईगोरु पूजा गरी मनाउने दिन। तिहारको पहिलो दिन यमदीप दान, काग तिहार, धनवन्तरि जयन्ती धन त्रयोदशी र धनतेरस पर्व, हिजो कुकुर तिहार, बेलुकी लक्ष्मीपूजा, र आज गाई, गोरु पूजा गर्ने दिन हो।

नेपालभ्युज

आज गाईगोरु पूजा, यसकारण पुजिन्छ गाईलाई

काठमाडौं। आज तिहारको अर्को महत्त्वपूर्ण दिन अर्थात् यमपञ्चकको गाईगोरु पूजा गरी मनाउने दिन। तिहारको पहिलो दिन यमदीप दान, काग तिहार, धनवन्तरि जयन्ती धन त्रयोदशी र धनतेरस पर्व, हिजो कुकुर तिहार, बेलुकी लक्ष्मीपूजा, र आज गाई, गोरु पूजा गर्ने दिन हो।

नेपाललगायत विश्वभरि कृषि कार्यमा संलग्न जीव गोरुको पूजा गर्ने गरिन्छ। भगवान् श्री कृष्णसँग आजकै दिन इन्द्रले आफ्नो क्रोधयूक्त व्यवहारप्रति खेद प्रकट गरेको र माफी मागेको पनि उल्लेख छ।

आजको दिन, श्री कृष्णले आफ्नो औँलाले उठाएको त्यही गोवर्द्धन पर्वतको पूजाआजा गरिन्छ। यसरी गोवर्द्धन पर्वतको पूजाआजा गर्दा गाईवस्तुको गोबरलाई नै गोवर्धन पर्वतको प्रतिकका रुपमा पुज्ने चलन रहिआएको छ।

गोवर्धनका साथ आज गोरुको पनि पूजा गरिन्छ र यसकासाथै आज कृषि औजारहरूको पनि पूजा गरिन्छ।

आजको दिन यी हलगोरु अनि हलोको पूजा गर्ने गरिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved