काठमाडौं। १७ वर्षीया किशोरीमाथि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको अनुसन्धान प्रहरीले सकेको छ। प्रहरीले आजै अनुसन्धान प्रतिवेदन काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाउने तयारी गरेको हो।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी भरत बोहोराले अनुसन्धान सकिएर आजै प्रतिवेदन बुझाउने बताए। ‘अनुसन्धान लगभग सकिएको छ। सरकारी वकिलमा प्रतिवेदन बुझाउने तयारी छ’, बोहोराले भने।
जिल्ला अदालतले सन्दीपलाई थुनामा राखेर अनुसन्धान गर्न अन्तिम पटकल दिएको चार दिनको म्याद आज सकिँदै छ। सरकारी वकिलले प्रतिवेदन अध्ययन गरेर अभियोग पत्र तयारी गरी दर्ता गर्नुपर्छ।
प्रहरीले नस्वीकारे पनि शुक्रबार अपरान्ह नै अनुसन्धान प्रतिवेदन वकिल कार्यालयलाई बुझाएको स्रोतले जनाएको छ। सरकारी वकिल कार्यालय स्रोतले आइतबार अभियोगपत्र दर्ताको तयारी भइरहेको जनाएको छ।
काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेश मैनालीले भने सरकारी वकिल कार्यालयमा शुक्रबार नै प्रतिवेदन बुजाएको भन्ने अस्वीकार गरे। उनले पनि आजै प्रतिवेदन बुझाउने बताए।
आजबाट तिहारको बिदा भएकाले तिहार नसकिँदासम्म सन्दीप प्रहरी हिरासतमै रहने सम्भावना छ। अभियो दर्ता भएपनि बयान र थुनछेक बहसको काम भने तिहार पछि मात्रै हुने छ।
क्रिकेट खेल्न विदेशमा रहेका बेला उनीविरुद्ध एक किशोरीले बलात्कारको जाहेरी दर्ता गराएकी थिइन्। सन्दीप असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए। २० गते पक्राउ परे पनि सार्वजनिक विदाका कारण असोज २४ मा पहिलो पटक अदालत उपस्थित गराइएको थियो।
सम्बन्धित समाचार
सन्दीप लामिछाने प्रकरणमा जेल जान रहर गर्नेहरू
ममाथि गम्भीर षड्यन्त्र भयो, जतिसक्दो चाँडो फर्किएर कानुनी लडाइँ लड्छु : सन्दीप लामिछाने
सन्दीप लामिछानेविरुद्ध प्रहरीले संकलन गर्यो यस्ता प्रमाण
Facebook Comment
Comment