बेलायतका ३० जना पूर्व सैनिक पाइलटले चिनियाँ सेनालाई तालिम दिइरहेको खुलासा

मोटो रकम तलबमा आवद्ध भएर ३० जना बेलायती पूर्व सैनिक पाइलटले चिनियाँ सेनालाई तालिम दिइरहेको बेलायती रक्षा मन्त्रालयलाई उधृत गर्दै बीबीसीले जनाएको छ ।

नेपालभ्युज

बेलायतका ३० जना पूर्व सैनिक पाइलटले चिनियाँ सेनालाई तालिम दिइरहेको खुलासा

लण्डन। केहि बेलायती पूर्व सैनिक पाइटलले चिनियाँ जनमुक्ति सेनालाई तालिम दिइरहेको खुलासा भएको छ । मोटो रकम तलबमा आवद्ध भएर ३० जना बेलायती पूर्व सैनिक पाइलटले चिनियाँ सेनालाई तालिम दिइरहेको बेलायती रक्षा मन्त्रालयलाई उधृत गर्दै बीबीसीले जनाएको छ ।

तालिमको लागि चीनले पूर्व बेलायती सैनिकलाई निकै महँगो तलब दिइरहेको खबरमा उल्लेख छ ।  चिनियाँ सेनाको लागि काम नगर्न बेलायती गुप्तचर निकायले पूर्व सैन्य पाइलटहरूलाई एक चेतावनी जारी गर्दैछ।

रक्षा मन्त्रालय का एक प्रवक्ताले तालिम र पाइलटहरूको भर्तीले बेलायतको कुनै कानूनको उल्लङ्घन नगर्ने तर बेलायत र अन्य देशका अधिकारीहरूले यस्ता गतिविधिलाई रोक्न खोजिरहेका बताएका छन् ।

“यो एक आकर्षक प्याकेज हो, चिनियाँहरुले पूर्व बेलायती सैनिकलाई दिएको तलब निकै धेरै छ । केहि प्याकेज २ लाख ७० हजार डलरसम्मका छन्,” एक अधिकारीले भने । सेवानिवृत्त बेलायती पाइलटहरूलाई पश्चिमी विमानहरू र पाइलटहरूले सञ्चालन गर्ने तरिका बुझ्न मद्दत गर्न प्रयोग गरिन्छ ।

अहिले चिनियाँहरुले पश्चिमी सीप सिकेर उनिहरुमाथि नै हाबी हुन सक्ने विज्ञहरुले बताएका छन् । “ताइवान मामिलामा चीन र पश्चिमा देश आमने सामने हुने खतरा रहेको यो समयमा ३० जना पूर्व बेलायती सैन्य पाइलटले आफ्नो सीप चीनियाँ सेनालाई हस्तान्तरण गर्नु हाम्रा लागि निकै खतराको विषय हो,” एक बेलायती रक्षा विज्ञले भनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved