सिन्धुली । सिन्धुलीगढी नेपाल एकीकरणको इतिहासमा स्वर्ण अक्षरले लेखिएको स्थलमध्ये एक हो । यही गढीले विसं १८२४ असोज १५ गते अंग्रेज फौजलाई परास्त गर्दै गोरखाली वीरताको गाथा कोरेको थियो ।
क्याप्टेन जर्ज किनलकको नेतृत्वमा आएको इस्ट इन्डिया कम्पनीको दुई हजार चार सय सैनिकको फौजलाई वंशु गुरुङको कमान्डमा रहेको गोरखाली सेनाले यही गढीमा पराजित गरेको थियो ।
कान्तिपुरका राजा जयप्रकाश मल्लको आग्रहमा गोर्खाली फौजसँग लड्न अंग्रेज फौज कलकत्ता, पटना, दरभङ्गा हुँदै नेपाल छिरेपछि यही गढीमा उनीहरुसँग गोर्खाली फौजको अन्तिम युद्ध भएको थियो ।
गोरखाली सेनाको यो विजयसँगै एक वर्षपछि विसं १८२५ असोज १३ गते कान्तिपुर, असोज २५ गते पाटन र विसं १८२६ कात्तिक २९ गते भक्तपुर विजय गर्दै एकीकरण अभियानले गति लिएको थियो ।
२०७८ सालमा नेपाली सेनाले यहाँ युद्धमा प्रयोग भएका हातहतियारदेखि स्थानीयले दिएका पुराना हतियारसमेत संकलन गरेर युद्ध संग्राहलयको स्थापना गरेको छ ।
‘सिन्धुली गढी घुमेर हेर्दा’ बोलको गीतका गायक स्व. कृष्ण विक्रम थापाको सालिकसमेत गढी परिसरमा स्थापना गरिएको छ । गायक थापाले उक्त गीतमार्फत आम नेपालीलाई सिन्धुलीगढी चिनाएका थिए ।
हेरौं तस्वीर –


Facebook Comment
Comment