काठमाडौं । धनुषाको धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्ष बद्रीनारायण सिंह, उपाध्यक्ष रामवतिदेवी मण्डलसहित ९ जना र एक कन्स्ट्रक्सन कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनीहरुले बिना कुनै निर्णय बजार सेड निर्माण कार्यमा गोप्य रुपमा एउटै निर्माण व्यवसायीबाट तीनवटा निर्माण व्यवसायीको नामले टेन्डर गरेर कमिसन लिएको पाइएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
आरोपपत्रमा कार्यपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर मण्डल, अर्का तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरी, सब-इन्जिनियर छोटे मण्डल, योजना शाखाका तत्कालीन प्रमुख नासु नरेशकुमार मण्डल, लेखापाल राधेश्याम राय, तत्कालीन सह-लेखापाल विनोदकुमार मण्डल, एकता सप्लायर्स एण्ड
कन्स्ट्रक्सन प्रा.लि. र त्यसका सञ्चालक ईन्द्रेशकुमार सिंहलाई पनि प्रतिवादी बनाइएको छ ।
उनीहरुले ३१ करोड ३४ लाख ७७८ रुपैयाँ बराबरको सरकारी सम्पत्ति हिनामिना गरेको अख्तियारको आरोप छ ।
Facebook Comment
Comment