एजेन्सी। कतिपय व्यक्तिलाई गर्मीमा शरीरमा एकदमै पसिना आउँछ भने कतिपयलाई शरीरसँगै टाउकोमा पनि पसिना आउँछ । टाउकोमा आएको पसिनाले कपाललाई फोहोर बनाउँछ ।
कपालमा धेरै पसिना आउनुको कारण हाइपरहाइड्रोसिस नामको बिमारी हुनु हो । यसमा टाउको तथा अनुहारमा धेरै पसिना आउँछ ।
त्यस्तै, कपालमा ल्याक्टिक एसिडका कारण धेरै पसिना आउने गर्दछ । यसले केरोटिनसँग मिलेर कपाललाई कमजोर बनाउने गर्दछ जसकारण कपाल झर्न थाल्छ ।
प्रशस्त मात्रामा पानी पिउने गरेमा हाइड्रेट भइन्छ जसले गर्दा टाउकोमा कम पसिना आउँछ । दिनभर जति धेरै पानी पिउन सक्नुहुन्छ पिउने कोसिस गर्नुपर्दछ । त्यस्तै, तनाव तथा उच्च रक्तचाप भएको अवस्थामा पनि धेरै पसिना आउँछ । त्यसैले, दिनहुँ तनाव कम गर्ने कोशिस गर्नुपर्दछ ।
पसिनाको कारणले टाउकोमा चायाँ पर्न थाल्छ । त्यसैले, कागतीको रस कपालमा लगाउन सकिन्छ । यसले चायाँ हटाउने काम गर्छ । कपाल एकदमै छिटो चिल्लो हुन्छ भने कपाललाई छिटो-छिटो धुने गर्नुपर्दछ ।
Facebook Comment
Comment