धान दिवस : कक्षाकोठा छाडेर खेतमा विद्यार्थी (तस्वीरहरू)

धान दिवस : कक्षाकोठा छाडेर खेतमा विद्यार्थी (तस्वीरहरू)

काठमाडौं । आज २२औं धान दिवस । हरेक वर्ष असार १५ गते देशभर विभिन्न कार्यक्रम गरि दिवस मनाइन्छ । असार, मानो रोपेर मुरी फलाउने महिना भएकोले २२ वर्ष अघि सरकारले असार १५ गतेलाई धान दिवस घोषणा गरेको थियो ।

यसै अवसरमा आइतबार गोकर्णेश्वर नगरपालिका-४ मा पनि विद्यार्थीहरुले धान दिवस मनाएका छन् । उत्तरबाहिनी बोर्डिङ स्कूल र ब्राइट लर्न एकेडेमीका विद्यार्थीहरुले रोपाइँ गरेर धान दिवस मनाएका हुन् ।

आजकाल काठ क्षेत्रमा खेतीयोग्य जमिन घट्दै गएको र आगामी पिढीलाई रोपाइँको बारे विद्यालयदेखि नै प्रयोगात्मक ज्ञान दिने उदेश्यले धान दिवसमा सहभागी गराइएको उत्तरबाहिनी बोर्डिङ स्कूलका शिक्षक शिवहरि श्रेष्ठले जानकारी दिए ।

हेरौं तस्वीर –

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved