सुर्खेत । कर्णाली प्रदेश सरकारले आज ९ जिल्लामा सार्वजनिक बिदा दिएको छ । प्रदेश मन्त्रिपरिषद् बैठकबाट २०८१ को चैत १७ गतेको निर्णयअनुसार प्रदेश सरकारले आज जुम्लाबाहेक प्रदेशका ९ जिल्लामा बिदा दिने निर्णय गरेको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत राजेश चौधरीका अनुसार प्रदेशका सरकारी तथा सार्वजनिक संघसंस्थाहरूमा बिदा दिइएको हो ।
मन्त्रालयले भनेको छ, ‘राष्ट्रिय धान दिवसको अवसरमा कर्णाली प्रदेशका जुम्ला जिल्लाबाहेक ५ जिल्लामा मात्र सरकारी तथा सार्वजनिक संघ संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’
प्रदेश सरकारले जुम्लामा चैतमै धान रोपाइँ हुने भएकाले हरेक वर्ष चैत १२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
Facebook Comment
Comment