बीटीएल र लिम्बिक एड्भर्टाइजिङबीच साझेदारी

नेपालभ्युज

बीटीएल र लिम्बिक एड्भर्टाइजिङबीच साझेदारी

काठमाडौं । भारतीय इलेक्ट्रोनिक्स ब्रान्ड बीटीएल (BTL) ले नेपालकाे लिम्बिक एड्भर्टाइजिङसँग आधिकारिक रूपमा रणनीतिक साझेदारी गरेको छ ।

भारतीय व्यावसायिक समूह बजाज ट्युब्स प्रा. लि. अन्तर्गतकाे बीटीएलले दुई दिनसम्म सञ्चालन गरेको कार्यक्रमको क्रममा द सोल्टी होटल काठमाडौंमा सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।

उक्त दुईदिने कार्यक्रममा ब्रान्डको रणनीति, बजार प्रवेश योजना, तथा दीर्घकालीन सहकार्यका विषयमा गहन छलफलहरू भएका थिए । यो सम्झौताअन्तर्गत लिम्बिक एड्भर्टाइजिङ अब नेपालमा बीटीएलको आधिकारिक ब्रान्ड कन्सल्टिङ तथा विज्ञापन साझेदार हुनेछ, जसले ठूलाे भारतीय समूहले सीधै नेपाली एजेन्सीलाई आफ्नो सम्पूर्ण मार्केटिङ जिम्मेवारी दिएको उदाहरण बनाएको छ ।

सम्झौता कार्यक्रममा बजाज ट्युब्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नवीन बजाज र प्रमुख सञ्चालन अधिकृत प्रिन्स बजाज नेपाल आई लिम्बिक एड्भर्टाइजिङको प्रबन्ध निर्देशक प्रज्ञा शर्माले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

“हाम्रो उद्देश्य बीटीएलका प्रविधिमैत्री उत्पादनहरूलाई नेपाली घरघरमा पुर्‍याउनु हो । यसका लागि हामीले रणनीतिक दृष्टिकोण राख्ने लिम्बिकलाई विश्वास गरेका छौं,” नवीन बजाजले भने ।

अब लिम्बिक एड्भर्टाइजिङले ब्रान्डको रणनीतिक पोजिसनिङ, विज्ञापन अभियान, influencer मार्केटिङ , POS Branding, र Brand Consulting काे नेतृत्व गर्नेछ ।

“यति प्रतिष्ठित भारतीय समूहबाट सिधै विश्वास प्राप्त गर्नु हाम्रो लागि ठूलो अवसर र जिम्मेवारी हो । उपभोक्ताले उत्पादनको मूल्य बुझून् भन्ने उद्देश्यसहित हामी रणनीति र रचनात्मकतालाई सन्तुलनमा राखेर काम गरिरहेका छौं । प्राप्त रचनात्मक स्वतन्त्रता र स्पष्ट दिशाको आधारमा हामी नेपालमा बीटीएलका लागि फरक र प्रभावशाली अभियानहरू ल्याउँदैछौं,” प्रबन्ध निर्देशक प्रज्ञा शर्माले भनिन् ।

बीटीएलका उत्पादनहरू जसमा टेलिभिजन, एयर कन्डिशनर, र डीप फ्रिजरहरू आदि छन् । दिगोपन, गुणस्तर र किफायती मूल्यका आधारमा निर्माण गरिएका छन् । अब लिम्बिकको नेतृत्वमा, बीटीएल नेपालमा आफ्नो उपस्थिति बलियो बनाउँदै, विद्यमान ब्रान्डहरूलाई चुनौती दिने नयाँ विकल्पका रूपमा अघि बढ्न लक्ष्य लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved