खामेनेई भन्छन् – इजरायल ध्वस्त हुने डरले अमेरिका युद्धमा सामेल भयो

नेपालभ्युज

खामेनेई भन्छन् – इजरायल ध्वस्त हुने डरले अमेरिका युद्धमा सामेल भयो

काठमाडौं । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईले इजरायल पूर्ण रूपमा ध्वस्त हुने डर भएकोले अमेरिका युद्धमा सामेल भएको बताएका छन् ।

एक हप्तादेखि सार्वजनिक रूपमा देखा नपरेका खामेनेईले एक्समार्फत यस्तो बताएका हुन् ।

खामेनेईले लेखेका छन्, “यस युद्धबाट अमेरिकाले केही पनि हासिल गरेन । यहाँ पनि इरानले जित्यो ।”

इरान र इजरायलबीच युद्धविराम भए पनि खामेनेई सार्वजनिक रूपमा अनुपस्थित भएको बारेमा देशमा अड्कलबाजी बढिरहेको छ ।

द न्युयोर्क टाइम्सको रिपोर्टअनुसार खामेनेईलाई पछिल्लो एक हप्तादेखि सार्वजनिक रूपमा देखिएको छैन ।

प्रतिवेदनमा भनिएको छ, “जब जुन १३ मा इजरायल र इरान बीच प्रत्यक्ष सैन्य टकराव सुरु भयो, सुरक्षा कारणले गर्दा खामेनी लुकेका थिए ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved