इरान-इजरायल युद्धविरामको भारतले गर्‍यो स्वागत

नेपालभ्युज

इरान-इजरायल युद्धविरामको भारतले गर्‍यो स्वागत

काठमाडौं । भारतले मंगलबार बिहानदेखि लागू भएको इरान र इजरायलबीचको युद्धविरामको स्वागत गरेको छ। यस क्षेत्रमा बढ्दो तनावप्रति चिन्ता व्यक्त गर्दै भारतले वार्ता र कूटनीतिलाई नै द्वन्द्व समाधानको एक मात्र विकल्पका रूपमा जोड दिएको छ।

भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “हामी यस क्षेत्रमा दिगो सुरक्षा र स्थायित्वको सम्भावनाको बारेमा गम्भीर रूपमा चिन्तित छौँ। तर इरान र इजरायलबीचको युद्धविरामको समाचार र यसलाई सम्भव बनाउन संयुक्त राज्य अमेरिका र कतारले खेलेको भूमिकाको स्वागत गर्दछौँ।”

मन्त्रालयले थप स्पष्ट पार्दै भनेको छ, “हामी दोहोर्‍याउन चाहन्छौँ कि यस क्षेत्रमा रहेका धेरै द्वन्द्वहरूको समाधान खोज्न संवाद र कूटनीतिको विकल्प छैन। भारत यी प्रयासहरूमा आफ्नो भूमिका खेल्न तयार छ र आशा गर्दछ सबै सम्बन्धित पक्षहरूले दीर्घकालीन शान्ति र स्थिरताका लागि काम गर्नेछन्।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच युद्धविरामको घोषणा गरेका थिए, जुन मंगलबार बिहानदेखि दुई देशबीच लागू भएको हो। भारतले यस कदमलाई सकारात्मक रूपमा लिँदै मध्यपूर्वमा शान्ति स्थापनाका लागि थप प्रयासहरूको अपेक्षा गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved