भारत सरकारद्वारा इरानमा रहेका २८१ भारतीय र ३ श्रीलंकालीसहित २ नेपालीको उद्धार

नेपालभ्युज

भारत सरकारद्वारा इरानमा रहेका २८१ भारतीय र ३ श्रीलंकालीसहित २ नेपालीको उद्धार

काठमाडौं । भारत सरकारले इरानबाट २ नेपाली नागरिकलाई सकुशल उद्धार गरेको छ । अपरेसन सिन्धुअन्तर्गत इरानस्थित भारतीय दूतावासले मंगलबार उनीहरूको उद्धार गरेको हो ।

छिमेकी पहिलो नीति कार्यान्वयनमा ल्याउँदै नेपालीको उद्धार गरिएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

इरानबाट उद्धार गरिएका २८१ भारतीय, ३ श्रीलंकाली र २ जना नेपाली विशेष उडानमार्फत मंगलबार दिउँसो ३ बजे मशहदबाट नयाँ दिल्ली आइपुगेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएका छन् ।

‘इरानबाट उद्धार गरिएका २८१ जना भारतीय, ३ जना श्रीलंकाली र २ जना नेपाली नागरिकलाई हार्दिक स्वागत गरे । उनीहरू विशेष उडानमार्फत २४ जुनको दिउँसो ३ बजे मशहदबाट नयाँ दिल्ली आइपुगेका हुन्,’ उनले लेखेका छन् ।

इरानबाट अहिलेसम्म २ हजार ५७६ जना भारतीय नागरिकलाई उद्धार गरी घर फर्काइएको प्रवक्ता जैसवालले जानकारी दिएका छन् ।

यसअघि इरानस्थित भारतीय दूतावासले आफ्ना नागरिकसँगै नेपाली र श्रीलंकालीलाई पनि उद्धार गरिने जानकारी दिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved