युद्धविरामको चर्चाबीच इरानले इजरायलतर्फ हान्यो मिसाइल

नेपालभ्युज

युद्धविरामको चर्चाबीच इरानले इजरायलतर्फ हान्यो मिसाइल
तस्वीर - रोयटर्स

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच युद्धविरामको सहमति भएको घोषणा गरिरहेका बेला इरानले इजरायली भूमितर्फ मिसाइल प्रहार गरेको छ।  समाचार एजेन्सी एएफपीका अनुसार इजरायली सेनाले इरानबाट इजरायली भूमितर्फ क्षेप्यास्त्र प्रहार सुरु भएको पुष्टि गरेको छ।

यस आक्रमणपछि इजरायली सेनाले खतराको संकेतस्वरूप साइरन बजेका स्थानका बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ। साथै, इजरायली सेनाको हवाई सुरक्षा प्रणाली सक्रिय रूपमा काम गरिरहेको पनि जनाइएको छ।

इजरायली सेनाका अनुसार, इरानबाट मिसाइल प्रहार भएपछि देशका ‘धेरै ठाउँमा’ साइरन बजाइएको थियो। प्रहार गरिएका ती मिसाइलहरूलाई आकाशमै रोक्ने प्रयास भइरहेको सेनाले बताएको छ। टाइम्स अफ इजरायलका अनुसार, सतर्कताको संकेतस्वरूप इजरायलको उत्तर र दक्षिणी दुवै भागमा साइरन बजाइएको थियो।

युद्धविरामको सम्भावनाबारे भइरहेका चर्चाका बीच यो घटनाले मध्यपूर्वमा थप तनाव बढाएको छ । इरानी अधिकारीहरूले भने युद्धविरामको यस्तो घोषणालाई खण्डन गर्दै आएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved