सामान्य बढ्यो सेयर बजार

नेपालभ्युज

सामान्य बढ्यो सेयर बजार
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ४ दशमलव ७८ अंकले बढेर २६०० दशमलव ७६ को विन्दुमा पुगेको छ ।

आज ३२५ कम्पनीको ७० हजार ८३१ पटकको कारोबारमा एक करोड ७५ लाख ८७ हजार ०३६ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ६ अर्ब ४७ करोड १९ लाख ५२ हजार ६७८ रुपैयाँ रहेको छ ।

सोमबार १२३ कम्पनीको सेयर मूल्य बढ्दा १२४ कम्पनीको घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रहेको छ । आज राधी विद्युत्‌मा लगानीकर्ता झुम्मिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved