प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृत सुवेदीसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालभ्युज

प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृत सुवेदीसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । प्रदेश अस्पताल, सुर्खेतका लेखा अधिकृत (अधिकृतस्तर छैटौं) शंकरप्रसाद सुवेदीसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति हिनामिना/हानीनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रदेश अस्पताल, सुर्खेतमा सामाजिक सेवा एकाई कार्यक्रमतर्फ कम्प्युटर अपरेटर (करार) पदमा कार्यरत कर्मचारी तृप्ती शाहीले स्वास्थ्य बीमा शाखाको नाम दर्ता गर्ने काउण्टरमा खटिई बिमितहरुको नाम दर्ता गर्ने कार्य गर्दै आईरहेकोमा उनले अनाधिकृत रुपमा बिलिङ्ग काउन्टरमा प्रवेश गरी बिलिङ्ग गर्ने गरेको र बिलिङ्गबाट प्राप्त रकम बैंक दाखिला नगरी रकम हिनामिना गरी अनियमितता गरेको पाइएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

आरोपपत्रमा सुवेदी, शाही र प्रदेश अस्पताल, कुमारी बैङ्कको एकस्टेन्शन काउण्टरको तत्कालीन ईन्चार्ज गोमा सिंजाली भन्ने गोमा सिंजाली मगरलाई प्रतिवादी बनाइएको छ । उनीहरुले २५ लाख ६७ हजार ५२६ रुपैयाँ हिनामिना गरेको अख्तियारले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved