विपक्षीको अवरोधपछि कर्णाली प्रदेशसभाको बैठक स्थगित

नेपालभ्युज

विपक्षीको अवरोधपछि कर्णाली प्रदेशसभाको बैठक स्थगित
फाइल तस्वीर
कर्णाली । प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले अवरोध गरेपछि कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ ।
प्रदेशसभाको आइतबारको बैठकमा सभामुख नन्दा गुरुङले काम कारबाही सुरु गरेको घोषणा गरेपछि माओवादी केन्द्रका प्रमुख सचेतक कृष्णबहादुर जीसीले बैठकमा समय मागेर बोलेका थिए । उनले बजेट आर्थिक ऐन विपरीत आएको आरोप लगाए ।
बजेट निर्माण प्रक्रिया नै त्रुटिपूर्ण भएको दाबी गर्दै जीसीले आयोजना बैङ्क अन्तिमसम्म पनि सार्वजनिक गर्न नसकेको र प्रतिपक्षी दलसँग भएका हालसम्मका सहमति कार्यान्वयन हुन नसकेको आरोप लगाए । माग सम्बोधन नभएसम्म सदनका काम कारबाही अगाडि बढ्न नसक्ने उनको भनाइ थियो । विरोधमा नेकपा एकीकृत समाजवादी र राप्रपासहितको दलहरुले समर्थन गरेका छन् ।
बैठक अवरोध भएपछि कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले यही असार ५ गते कर्णाली प्रदेशसभासमक्ष टेबुल गरेको कर्णाली प्रदेश आर्थिक विधेयक, २०८२ तथा विनियोजन विधेयक, २०८२ माथिको कारबाही अगाडि बढ्न सकेन ।  –रासस

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved