पूर्वकेन्द्रीय सदस्य शास्त्रीको शोकमा कांग्रेसले पार्टीको झण्डा तीन दिनसम्म आधा झुकाउने

नेपालभ्युज

पूर्वकेन्द्रीय सदस्य शास्त्रीको शोकमा कांग्रेसले पार्टीको झण्डा तीन दिनसम्म आधा झुकाउने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री ढुण्डिराज शास्त्रीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै पारित गरेको छ ।

उनको सम्मानमा असार बुधबार बिहान सानेपामा बसेको बैठकले ४ (आज) ५ र ६ गते गरी तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय भएको छ ।

साथै असार ५ गते बिहीबारका दिन केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने निर्णय भएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यस्तै स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने तथा स्वर्गारोहणको १३ औं दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने पनि निर्णय भएको छ,’ उनले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेता शास्त्रीको यही असार २ गते काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा ८९ वर्षको उमेरमा निधन भएको थियो ।

विद्यार्थी जीवनदेखि नै कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका शास्त्रीले प्रजातन्त्र पुनस्र्थापनाको संघर्ष र आन्दोलनहरूका क्रममा जेल जीवन र लामो समय भारत प्रवासमा जीवन बितएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved