प्रधानमन्त्रीको स्पेन भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत

नेपालभ्युज

प्रधानमन्त्रीको स्पेन भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत भएको छ ।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको भ्रमण स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए ।

यही असार १४ देखि २० गतेसम्मको प्रधानमन्त्री ओलीको स्पेन भ्रमण मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो ।

संयुक्त राष्ट्र संघीय विकासका लागि वित्त कार्यक्रमको चौथो सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

यस्तै मन्त्रिपरिषद्ले सहसचिव डा.खगेन्द्र सुवेदीलाई सचिवमा बढुवा गर्ने निर्णयसमेत गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved