धवलशमशेर राणालाई धरौटीमा छोड्न आदेश

नेपालभ्युज

धवलशमशेर राणालाई धरौटीमा छोड्न आदेश

काठमाडौं । राजावादीहरूले गत १५ चैतमा तीनकुनेमा गरेकाे आन्दोलनकाआरोपी राप्रपाका महामन्त्री डा. धवलशम्शेर राणालाई धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

सोमबार राणाको बयानपछि थुनछेक बहस भएको थियो । थुनछेक बहसपछी न्यायाधीश शिवप्रसाद खनालको इजलासले ३ लाख धरौटीमा छोड्न आदेश दिएको जिल्ला अदालतका सूचना अधिकारी दीपक श्रेष्ठले जानकारी दिए ।

राणालाई प्रहरीले अनुसन्धानको क्रममा हाजिरी जमानीमा छोडको थियो । तर, सरकारी वकिलले अदालतमा मुद्दा दायर गर्दा भने उनी उपस्थित भएका थिएनन् । आजै अदालतमा उपस्थित भएका राणालाई अदालतले बयान सकेर ३ लाख धरौटीमा छोडेको हो ।

राणासँगै पक्राउ परेका राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र भने अदालत उपस्थित भएका छैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved