लुम्बिनीले ल्यायो ३८ अर्ब ९१ करोडको बजेट 

नेपालभ्युज

लुम्बिनीले ल्यायो ३८ अर्ब ९१ करोडको बजेट 

लुम्बिनी । लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि करिब ३९ अर्बको बजेट सार्वजनिक गरेको छ । आइतबार लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले आगामी आवको लागि ३८ अर्ब ९१ करोडको बजेट सार्वजनिक गरेका हुन् ।

जसमा चालुतर्फ १२ अर्ब एक करोड ४७ लाख ८६ हजार (३०.८८ प्रतिशत), पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार (६०.३२ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ ३ अर्ब ४२ करोड ३७ लाख ४९ हजार (८.८ प्रतिशत) छुट्याइएको छ ।

त्यसैगरी, कूल बजेटको अनुमानित आयस्रोतमा आन्तरिक राजस्वबाट ७ अर्ब ७८ करोड ४ लाख, नेपाल सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँटबाट ११ अर्ब ८६ करोड ५६ लाख, नेपाल सरकारबाट प्राप्त हुने रोयल्टी ४१ करोड ५० लाख, स्थानीय तहबाट बाँडफाँट भई प्राप्त हुने राजस्व २ अर्ब ८२ करोड ९० लाख प्राप्त हुनेछ ।

त्यस्तै, वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ४४ करोड ४४ लाख, सशर्त अनुदानबाट ४ अर्ब ६६ करोड १५ लाख, समपूरक अनुदानबाट ५१ करोड ४० लाख, विशेष अनुदानबाट ४० करोड, चालु आवको नगद मौज्दातबाट २ अर्ब परिचालन हुने अनुमान गरेको अर्थमन्त्री धनेन्द्र कार्कीले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved