सेयर बजारमा नौ अंकको गिरावट 

नेपालभ्युज

सेयर बजारमा नौ अंकको गिरावट 

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा नौ अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ९ दशमलव ८ अंकले घटेर २६५५ दशमलव ३८ को विन्दुमा पुगेको छ ।

बिहीबार ३११ कम्पनीका एक लाख दुई हजार ८९५ पटकको कारोबारमा २ करोड ८६ लाख ७ हजार ६८५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १२ अर्ब ५१ करोड ५३ लाख ८ हजार ९६१ रुपैयाँ रहेको छ ।

९९ कम्पनीको सेयर मूल्य बढ्दा १४९ कम्पनी घटेको छ । १३ उपसमूहमध्ये चार वटा बढ्दा बाँकी राताम्मे छन् ।
आज नगदी ग्रुप पावरमा लगानीकर्ता झुम्मिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved