संसद्को अवरोध हटाउनेबारे सभामुखले गरे प्रमुख प्रतिपक्षी दलका नेतासँग छलफल

नेपालभ्युज

संसद्को अवरोध हटाउनेबारे सभामुखले गरे प्रमुख प्रतिपक्षी दलका नेतासँग छलफल

काठमाडौं । भिजिट भिसा प्रकरणलाई लिएर प्रतिपक्षी दलहरूले गरिरहेको लगातार संसद् अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दलका नेतासँग छलफल गरेका छन् ।

संसद् भवनस्थित सभामुखको कार्यकक्षमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सभामुख घिमिरेले छलफल गरेका हुन् । सो अवसरमा उपसभामुख इन्दिरा रानामगर र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे पनि सहभागी थिए ।

जेठ १३ गतेबाट प्रतिपक्षी दलहरूले संसद् अवरोध गर्दै आएका छन् । जेठ १५ मा बजेट प्रस्तुत गर्न दिएका उनीहरूले त्यसपछि लगातार संसद् अवरोध गर्दा संसद्को क्यालेन्डरअनुसारको काम रोकिएको छ । यो समयमा बजेटमाथि छलफल गर्नुपर्ने थियो ।

विपक्षीहरूले भिजिट भिसा प्रकरणमा सुरुमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका थिए भने, अहिले छानबिन समिति बनाउनुपर्ने मागमा अडिग छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved