प्रचण्ड र माधव नेपालबीच भेट, संसद् खुलाउनेबारे छलफल

नेपालभ्युज

प्रचण्ड र माधव नेपालबीच भेट, संसद् खुलाउनेबारे छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । बिहीबार सिंहदरबारस्थित माओवादी दलको कार्यालयमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक अवस्था र संसद्को गतिरोधका विषयमा छलफल भएको नेताहरूले जनाएका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले संसद् खुलाउन मध्यमार्गी उपाय निकाल्नुपर्नेमा छलफल भएको बताए ।

त्यस्तै माओवादी अध्यक्ष प्रचण्डले सदनका बारेमा छलफल भएको जानकारी दिए । उनले विपक्षीलगायत अन्य दलहरूसँग छलफल गरेर आवश्यक निर्णय हुने बताए ।

सदनको गतिरोध खुलाउन माओवादीको दुईबुँदे ड्राफ्टमा समाजवादीले समेत सहमति जनाएको छ । भेटवार्तामा माओवादी उपमहासचिवद्वय वर्षमान पुन र शक्ति बस्नेत तथा प्रमुख सचेतक हितराज पाण्डे र समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलगायतका नेताहरूसमेत सहभागी थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved