एक हप्ताभित्र देशभर मनसुन सक्रिय हुने

नेपालभ्युज

एक हप्ताभित्र देशभर मनसुन सक्रिय हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले एक साताभित्र देशभर मनसुन सक्रिय हुने जनाएको छ । यस वर्ष औसत समयभन्दा १५ दिनअघि नै नेपालको पूर्वी भूभागमा मनसुन प्रवेश गरेको थियो ।

विभागकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले बिहीबारबाट देशव्यापी रूपमा वर्षाका गतिविधि बृद्धि हुँदै गएको जानकारी दिइन् । केही दिन सवै प्रदेशमा हल्कादेखि भारी वर्षाको सम्भावना देखिएको उनले बताइन् । उनले हालसम्म मनसुनी वायु पूर्वी क्षेत्रमा मात्रै रहेको र एक साताभित्र देशभर फैलने जानकारी दिइन् ।

कँडेलले यस वर्ष देशभर वर्षाका पनि धेरै हुने र तापक्रम पनि बढी हुने सम्भावना देखिएको बताइन् । उनले जल तथा मौसम प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि सर्वसाधारणले समेत मौसमको जानकारी लिनुपर्ने बताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved