आहा ! गोदावरी (तस्वीरहरू)

नेपालभ्युज

आहा ! गोदावरी (तस्वीरहरू)

काठमाडौं । ललितपुरको गोदावरीमा रहेको राष्ट्रिय वनस्पति उद्यान प्राय : बाह्रै महिना हरियो हुन्छ ।

दुर्लभ, लोपोन्मुख, रैथाने वनस्पतिहरूको संरक्षण तथा संवर्द्धनको लागि विक्रम सम्वत् २०१९ सालमा स्थापना गरिएको यो उद्यान नेपालमा भएका १२ वटा वनस्पति उद्यानमध्येको सबैभन्दा पुरानो हो ।

८२ हेक्टरमा फैलिएको उद्यानमा लाखौँ पर्यटकहरु आउँछन् । पानीको अभाव नभएकाले ओसिलो ठाउँमा उत्तिसका वृक्ष र पारिलो घाम लाग्ने पाखामा सल्लाका वन र मझौला ठाउँमा कटुस र चिलाउनेका बोटहरू फस्टाएका छन् ।

ऐँसेलु, चुत्रो र काफल गोदावरीमा निकै लोकप्रिय छन् । प्रकृतिका तीन प्रमुख आकर्षणहरू पुष्प, पुतली र पक्षीको अनुपम भण्डार हो गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यान ।

    

तस्वीर – नेपाल न्युज बैंक


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved