लस एन्जलसमा कर्फ्यू हटाइयो, ३ सय ३० जना गैरकानुनी आप्रवासी पक्राउ

नेपालभ्युज

लस एन्जलसमा कर्फ्यू हटाइयो, ३ सय ३० जना गैरकानुनी आप्रवासी पक्राउ

काठमाडौं । लस एन्जलसमा बुधबारदेखि कर्फ्यू हटाइएको छ । कर्फ्यू हटेपछि  उक्त शहरमा बिस्तारै शान्ति फर्किएको छ। यद्यपि, अमेरिकाभरका अन्य शहरहरूमा थप प्रदर्शनको तयारी भइरहेको छ बीबीसीले जनाएको छ ।

लस एन्जलसमा हालसम्म करिब ४०० जनालाई पक्राउ गरिएको छ। जसमध्ये ३३० जना गैरकानुनी आप्रवासी रहेका छन्  ।  १५७ जनालाई आक्रमण र अवरोधको आरोपमा पक्राउ गरिएको छ, जसमा एक प्रहरी अधिकारीको हत्या प्रयासको आरोप पनि समावेश छ।

अशान्तिलाई नियन्त्रण गर्न कुल ४ हजार नेशनल गार्ड सैनिक र ७०० मरिनहरू तैनाथ गरिएको बताइएको छ ।

लस एन्जलसकी मेयर करेन बासले बुधबार पत्रकार सम्मेलनमा  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन छापामारीलाई प्रदर्शनको कारण बताएकी छन्। उनले   “डर” र “आतंक” सिर्जना गरेर बासिन्दाहरूलाई “उत्तेजित” गरेको आरोप लगाईन् । “एक हप्ता अघि, सबै शान्तिपूर्ण थियो,” उनले भनिन्  “शुक्रबार छापामारी सुरु भएपछि परिस्थिति जटिल बन्न थाल्यो।”  उनले यसअघि पनि प्रशासनलाई छापामारी रोक्न आह्वान गरेकी थिइन्।

लस एन्जलस प्रहरीले मङ्गलबार रातिदेखि बुधबार बिहानसम्म  पाँचौँ दिनको विरोध प्रदर्शनपछि “सामूहिक गिरफ्तारी” गरेको बताएको छ। (बीबीसी)

यो पनि

लस एन्जलसमा कर्फ्यू उल्लंघन गर्नेलाई पक्राउ गर्न सुरु 

लस एन्जलसमा किन बलिरहेको छ आगो ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved