विपक्षीको नाराबाजीपछि प्रतिनिधिसभा बैठक स्थगित

नेपालभ्युज

विपक्षीको नाराबाजीपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । विपक्षी दलको नाराबाजीपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

संसद् सुरु हुने बित्तिकै विपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै नाराबाजी गरेका थिए । उनीहरुले ‘मानव तस्करमाथि छानबिन गर’लगायतका नारा लगाएका थिए ।

त्यसपछि सभामुख देवराज घिमिरेले अर्को बैठक बिहीबार दिउँसो ३ बजे बस्ने गरी स्थगित भएको जानकारी गराए । बुधबार बिहान ११ बजे बोलाइएको बैठक दलहरुबीच सहमति जुट्न नसक्दा दिउँसो ३:१५ बजेका लागि सरेको थियो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा माग्दै विपक्षी दलले संसद् बैठक अवरुद्ध गर्दै आइरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved