२ सहसचिव अतिरिक्त सचिवमा बढुवा, यी हुन् मन्त्रिपरिषद्का ११ निर्णय

नेपालभ्युज

२ सहसचिव अतिरिक्त सचिवमा बढुवा, यी हुन् मन्त्रिपरिषद्का ११ निर्णय

काठमाडौं । सरकारले नेपाल–चीनबिचको सिजाङ (तिब्बत) व्यापार सहजीकरण समितिको बैठकमा सहभागी हुन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

बुधबार सिंहदरबारमा जेठ २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले असार २ गतेदेखि ६ गतेसम्म सिजाङ (तिब्बत) को ल्हासामा आयोजना हुने व्यापार सहजीकरण समितिको १३औं बैठकको छलफलको एजेण्डा स्वीकृत गर्ने र बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव संयोजक्तवमा वार्ता टोली गठन गर्ने निर्णय गरेको जानकारी दिए ।

बैठकले असार १० देखि १२ गतेसम्म चीनको बेइजिङमा हुने एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड आफ गभर्नसको वार्षिक बैठकमा सहभागी हुन उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई स्वीकृति दिने निर्णय गरेको छ ।

यस्तै, निर्माण व्यवसायसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुको लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए ।

बैठकले नेपाल स्वास्थ्य सेवाको अधिकृत १२औं तह अतिरिक्त स्वास्थ्य सचिव पदमा डा केशर बहादुर ढकाल र डा. श्रीकृष्ण श्रेष्ठलाई बढुवा गर्ने निर्णय गरेको छ भने नेपाल गुणस्तर(प्रमाणपत्र) तेश्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय भएका प्रवक्ता गुरुङले बताए ।

त्यस्तै, प्रवक्ता गुरुङले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको माग अनुचित भएको भन्दै छानबिन समिति बनाउने विषयमा छिट्टै सहमति हुने बताए । छानबिन समितिकै विषयमा दलहरुबीच छलफल भएको उल्लेख गर्दै प्रवक्ता गुरुङले बजेटसम्बन्धी छलफल प्रक्रियालाई अगाडि बढाउन आफूहरुले आग्रह गरेको धारणा राखे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved