विश्वकप लिग २:

नेपालले नेदरल्यान्ड्सलाई हरायो

नेपालभ्युज

नेपालले नेदरल्यान्ड्सलाई हरायो

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको छ ।

डन्डीको फोर्टहिलमा मंगलबार भएको रोमाञ्चक खेलमा नेपालले नेदरल्यान्ड्सलाई १६ रनले पराजित गरेको हो । यससँगै नेपालले लिग २ को चौथो चरणमा ४ मध्ये ३ खेलमा जित हासिल गर्न सफल भयो ।

२३७ रनको लक्ष्यमा पछ्याएको नेदरल्यान्ड्स ४९.२ ओभरमा २२० रनमा अलआउट भयो । नेदरल्यान्ड्सका लागि वेस्ली बरेसीले सर्वाधिक ३६ रन बनाए ।

नेपालका लागि डेब्यू गरेका नन्दन यादव र लेग स्पिनर सन्दीप लामिछानेले ३-३ विकेट लिए। ललित राजवंशीले २ तथा कुशल भूर्तेलले १ विकेट लिए । करण केसीले अन्तिम विकेट लिएसँगै नेपालले बाजी मार्यो ।

यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा २३६ रन बनाएको हो ।

नेपालका लागि आरिफ शेखले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ८४ रन बनाए ।यस्तै भीम सार्की र कप्तान रोहित पौडेलले ३५–३५ रन जोडे ।

नेदरल्यान्ड्सका पाउल भान मिकेरमले सर्वाधिक चार विकेट लिए ।

तर आरिफ खेल दौरान डेन्जर जोनमा दुई पटक दौडिएका कारण अन फिल्ड अम्पायरहले नेपाललाई १० पेनाल्टी रन लगाएका छन् ।

नेदरल्यान्ड्सले ब्याटिङ सुरु गर्दा टोलीको खातामा सिधै १० रन हुनेछ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved