किष्ट बन्यो एनएबीएच मान्यता प्राप्त नेपालकै पहिलो शिक्षण अस्पताल

नेपालभ्युज

किष्ट बन्यो एनएबीएच मान्यता प्राप्त नेपालकै पहिलो शिक्षण अस्पताल

ललितपुर । किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल नेपालकै पहिलो अन्तर्राष्ट्रिय रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने मान्यता प्राप्त मेडिकल कलेज तथा शिक्षण अस्पताल बनेको छ ।

अन्तर्राष्ट्रिय रुपमा गुणस्तरीय स्वास्थ्य सेवाको मान्यता प्रदान गर्ने संस्था भारतको नेसनल एक्रिडियशन बोर्ड फर हस्पिटल एन्ड हेल्थ केयर प्रोभाइडर्स (एनएबीएच)ले लामो समयको अनुगमन र परिक्षण पश्चात तोकिएका ६०० भन्दा बढी मापदण्ड पूरा गरेपछि सन् २०२५ अप्रिल २४ मा अस्पताललाई यो मान्यता प्रदान गरेको हो ।

उक्त मान्यता प्राप्त गरेसँगै अब अस्पतालले गुणस्तरमा संस्थाले तोकेको अन्तराष्ट्रिय गुणस्तर कायम गर्नुपर्नेछ । यसले बिरामीको सेवाका लागि अस्पताल थप उत्साही भएको तथा सेवाको गुणस्तरमा सेवाग्राहीले थप विश्वास गर्ने वातावरण बनेको अस्पतालका प्रबन्ध निर्देशक अविशेक थापाले बताए ।

‘जुनसुकै प्रकारका बिरामीले स्वास्थ्य सेवामा अन्तराष्ट्रिय गुणस्तरको उपचार सेवा पाउने अवसर अस्पतालले प्रदान गरेकोले यसले अस्पताललाई थप जिम्मेवार बनाएको छ,’ उनले भने, ‘यसले अस्पताल प्रति सेवाग्राहीको थप विश्वास बढ्नेमा विश्वस्त छु ।’

के हो एनएबीएच ?

एनएबीएचले भारत तथा अन्य देशका स्वास्थ्य सेवा प्रदायकहरूको गुणस्तर मापन गर्ने गर्दछ । न्याबले अस्पताल एक्रेडिटेशन कार्यक्रम सन् २००५ मा सुरु गरेको थियो । सार्वजनिक तथा निजी अस्पतालमा स्वास्थ्य सेवा गुणस्तर सुधार गर्ने र बिरामीको सुरक्षामा ध्यान दिने उदेश्यले न्याबले यो कार्यक्रम सुरु गरेको हो ।

कन्याबको यो कार्यक्रम भारतसँगै अन्य देशमा समेत फैलिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved