काठमाडौं । प्रायः व्यक्तिले टाउको दुखाइलाई सामान्य ठानेर बेवास्ता गर्छन् । टाउको दुख्नु थकानका कारण भएको हो जस्तो लाग्न सक्छ तर केही टाउको दुखाइ खतरनाक पनि हुन सक्छ । टाउको दुख्नु कुन रोगको लक्षण हुन सक्छ यसबारे जानौँ ।
कहिलेकाहीँ टाउको दुख्नु ब्रेन ट्यूमरजस्ता गम्भीर रोगको लक्षण हुन सक्छ भने धेरैजसो टाउको दुखाइ सामान्य हुन्छ र आराम वा औषधिले निको हुन्छ । यद्यपि, केही विशेष लक्षणहरू यस्ता हुन्छन्, जुन देखिएपछि तुरुन्तै डाक्टरसँग सल्लाह लिनुपर्छ । यिनलाई बेवास्ता गरे पछि गम्भीर समस्या हुन सक्छ ।
- टाउको दुखाइ अचानक र धेरै छ भने
- टाउको दुखाइ कुनै चोटपछि सुरु भएमा
- टाउको दुखाइसँगै ज्वरो आएमा
- घाँटीमा अड्कन
- शरीरमा दाग
- भ्रम वा मानसिक अवस्थामा परिवर्तन
- शरीरको एक भागमा अनुभूति नहुनु
- बोल्नमा कठिनाइ
- कुराहरू बुझ्न समस्या हुनु
- धमिलो देखिनु
- बारम्बार लड्छु जस्तो महसुस हुनु
- मिर्गी आउनु
- आँखाको ढकनी झोलिनु
- अचानक बान्ता आउनु
- निद्राबाट जगाउने तीव्र टाउको दुखाई हुनु
यदि टाउको दुखाइ पहिलो पटक भएको हो र तपाईंको उमेर ५० वर्ष वा सोभन्दा बढी छ, टाउको दुखाइ निरन्तर बढिरहेको छ र आराम गर्दा वा औषधि खादा पनि राहत मिलिरहेको छैन भने तपाईंले तुरुन्तै अस्पताल जानुपर्छ ।
कहिले बढ्छ खतरा ?
यसबाहेक यदि तपाईंलाई पहिलेदेखि नै कुनै गम्भीर रोग छ, वा तपाईंको शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर छ भने यस रोगको खतरा अझ बढी बढ्छ । यदि खोकी वा हाच्छिउँ गर्दा पनि टाउको दुखाइ बढ्छ भने यसलाई हल्का रूपमा नलिनुहोस् ।
Facebook Comment
Comment