ललितपुर महानगरले हटाउन थाल्यो अनधिकृत संरचना (तस्वीरहरू)

नेपालभ्युज

ललितपुर महानगरले हटाउन थाल्यो अनधिकृत संरचना (तस्वीरहरू)

काठमाडौं । ललितपुर महानगरपालिकाले घरहरूमा निर्माण गरिएका अनधिकृत संरचना हटाउन थालेको छ ।

विशेषगरी मुल सडकको छेउछाउमा निर्माण गरिएको घरहरूमा हालिएको अनधिकृत पालीलगायतका संरचना हटाइएको नगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए ।

आजदेखि यस्ता संरचना हटाउन थालिएको अब निरन्तर यी काम हुन उनले बताए । आज शंखमुल क्षेत्रमा यस्ता संरचना हटाउन थालिएको र भोलिदेखि मंगलबजार, पुल्चोकलगायतका क्षेत्रमा काम थालिने हाछेथु बताउँछन् ।

तस्वीर – नेपाल फोटो लाइब्रेरी ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved