पुटिनसँग १ घण्टा वार्ता गरेपछि ट्रम्पले युक्रेनलाई दिए चेतावनी

नेपालभ्युज

पुटिनसँग १ घण्टा वार्ता गरेपछि ट्रम्पले युक्रेनलाई दिए चेतावनी

काठमाडौं । रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई चेतावनी दिएका छन् ।

पुटिनले आफूलाई युक्रेनले रुसी हवाई अड्डाहरूमा गरेको ठूलो ड्रोन आक्रमणको जवाफ दिनुपर्ने बताएको जानकारी दिए ।

पुटिनसँगको फोन वार्तापछि ट्रम्पले भने, “पुटिनले विमानस्थलहरूमा हालै भएको (युक्रेन) आक्रमणको जवाफ दिनुपर्ने कुरा धेरै कडा शब्दमा भनेका छन् ।” यसको अर्थ रुसले चाँडै नै युक्रेनविरुद्ध बदला लिने कारबाही गर्नसक्छ ।

बुधबार राति रुसी अधिकारीहरूले यो कुरा पुष्टि गर्न अस्वीकार गरे, तर रुसले पहिले नै प्रतिक्रियाको लागि सैन्य विकल्पहरू छलफल भइरहेको बताएको थियो ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै ट्रम्पले एक घण्टाभन्दा बढी समय चलेको फोन वार्ताले रुस र युक्रेनबीच “तत्काल शान्ति” ल्याउने छैन भनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved