कोलम्बिया विश्वविद्यालयको मान्यता खारेज गर्ने ट्रम्प प्रशासनको धम्की

नेपालभ्युज

कोलम्बिया विश्वविद्यालयको मान्यता खारेज गर्ने ट्रम्प प्रशासनको धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले कोलम्बिया विश्वविद्यालयलाई यहुदी विद्यार्थीहरूको नागरिक अधिकार हनन गरेको आरोपमा त्यसको मान्यता खारेज गर्ने धम्की दिएको छ।

विश्वविद्यालयले  यहुदी विद्यार्थीहरूको दुर्व्यवहारप्रति जानाजानी उदासीनता देखाएको र यसले संघीय भेदभाव विरोधी कानुनहरूको उल्लङ्घन गरेको शिक्षा सचिव लिन्डा म्याकमोहनले बुधबार एक पत्रमाफर्त जानकारी गराएकी छन् ।

ट्रम्पले कोलम्बिया र अन्य अमेरिकी विश्वविद्यालयहरूको निन्दा गर्दै उनीहरूले गाजामा युद्ध र अमेरिकी क्याम्पसहरूमा भएका युद्ध विरोधी प्रदर्शनहरूको बीचमा यहुदी विद्यार्थीहरूलाई बचाउन असफल भएको तर्क गरेका छन्।

अमेरिकी मान्यता दिने निकायहरूले अरबौं डलरको संघीय कोषमा कुन विश्वविद्यालयहरूले पहुँच पाउँछन् भन्ने निर्धारण गर्न महत्वपूर्ण भूमिका खेल्छन्।

म्याकमोहनले बुधबार लेखेको पत्रमा विश्वविद्यालयका कार्यहरूलाई “अनैतिक” र “गैरकानुनी” भनिएको छ । उनले भनेकी छन् “संघीय विद्यार्थी सहायताको गेटकीपरको रूपमा मान्यता दिने निकायहरूको ठूलो सार्वजनिक जिम्मेवारी छ” ।

पत्रमा भनिएको छ, “कोलम्बियाले भेदभाव विरोधी कानुनहरूको  उल्लङ्घन गर्दै आयोगको मान्यता मापदण्डहरू पूरा गर्न असफल देखिएको छ ।”

कोलम्बियाको नेतृत्वले  क्याम्पसमा यहुदी विद्यार्थीहरूमाथि हुने गम्भीर र व्यापक दुर्व्यवहारबाट उनीहरूलाई अर्थपूर्ण रूपमा बचाउन असफल भएको र कानुन बमोजिम उनीहरूलाई प्राप्त शैक्षिक अवसरहरूमा समान पहुँचबाट वञ्चित गरेको  तर्क पत्रमा उल्लेख छ।

कोलम्बिया विश्वविद्यालयले पछिल्लो घटनाक्रममा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।

फेब्रुअरीमा ट्रम्प प्रशासनले कोलम्बियाबाट ४०० मिलियन डलर संघीय कोष खोसेको थियो, जसमा क्याम्पसमा यहुदी विरोधी भावना रहेको आरोप लगाइएको थियो।

कोलम्बियाले त्यसपछि ह्वाइट हाउसले माग गरेको क्याम्पस नियम परिवर्तनहरू लागू गरेको थियो, जसमा यसको Middle Eastern studies विभागको पुनर्गठन पनि समावेश थियो।

म्याकमोहनको पत्रले अन्य विश्वविद्यालयहरूको मान्यता पनि जोखिममा हुन सक्ने सङ्केत गर्दछ। (बीबीसी)

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved