रास्वपाको सचिवालय र संसदीय दलको बैठक बस्दै, यी हुन् एजेन्डा

नेपालभ्युज

रास्वपाको सचिवालय र संसदीय दलको बैठक बस्दै, यी हुन् एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय र संसदीय दलको बैठक आज बस्दैछ ।

सचिवालय बैठक दिउँसो १ बजे र संसदीय दलको बैठक ३ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने रास्वपाले जनाएको छ ।

रास्वपाका अनुसार बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता, पार्टीका गतिविधि, समसामयिक राजनीति र बजेटलगायतका विविध विषयमा छलफल हुनेछ ।

यस्तै, पार्टी सभापति रवि लामिछानेका बारेमा सर्वोच्च अदालतले पनि उच्चकै निर्णय सदर गरेपछि ‘राजनीतिक प्रतिशोध’ दाबी गर्दै आएको रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजिनामा मागेको छ ।

मंगलबार प्रतिनिधि सभा बैठकमा बजेटमाथि छलफल सुरु हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved