काठमाडौं । सरकारले पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका लागि १३ अर्ब २८ रुपैयाँ विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले आन्तरिक विमानस्थलको पूर्वाधारका लागि ५० करोड विनियोजन गरिएको बताए । उनले सुर्खेत प्रादेशिक विमानस्थललगायतका विमानस्थलमा पूर्वाधार निर्माण गरिने बताएका छन् ।
यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वाधार निर्माणका लागि ४ अर्ब १५ करोड विनियोजन गरिएको छ । विभिन्न आन्तरिक विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन गर्नेसमेत बजेटमा व्यवस्था गरिएको छ । यस्तै नेपाली वायु सेवालाई युरोपेली संघको रेड लिस्टबाट हटाउन प्रयास गरिनेछ ।
यस्तै पर्यटकीय गन्तव्यका लागि निजी क्षेत्रको सहयोग लिने सरकारको नीति रहेको छ । पर्यटकीय क्षेत्रमा सरकारी वनको जग्गा लिजमा दिइने र पर्यटन पवर्द्धनका गरिने अर्थमन्त्रीले बताएका छन् । यस्तै पदयात्रका लागि गन्त्वय पहिचान, पर्यापर्यटन प्रवर्द्धन, पर्यटन क्षेत्रका मजुदरका लागि कानुनी व्यवस्था गरिनेछ । लम्बिनीको विकासका लागि वृहत लुम्बिनी गुरुयोजना निर्माण गरिनेछ ।
कर्णाली, भेरी, कोसीलगायतका नदीमा र्याफ्टिङ सञ्चालन गरिनेछ ।
Facebook Comment
Comment