कमल थापाको प्रस्ताव : हृदयेन्द्रलाई राजा बनाऔं

नेपालभ्युज

कमल थापाको प्रस्ताव : हृदयेन्द्रलाई राजा बनाऔं
फाइल तस्वीर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय सहमति भए हृदयेन्द्र शाहलाई राजा बनाउन सकिने बताएका छन् ।

जेठ १५ गते राजावादीले काठमाडौंमा आयोजना गर्न लागेको कार्यक्रमका सन्दर्भमा मंगलबार काठमाडौंमा सम्पादकहरूसँग छलफल गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्रको प्रस्ताव अघि सारेका हुन् ।

तर आफूहरूका लागि पात्रभन्दा पनि राजसंस्था महत्वपूर्ण रहेको पूर्वउपप्रधानमन्त्रीसमेत रहेका थापाले स्पष्ट पारे ।

उनले संविधानले कुनै पनि राजनीतिक दल र दलका गतिविधिहलाई प्रतिबन्ध लगाउन नपाउने व्यवस्था गरेको भन्दै आफूहरूले निर्वाध रुपमा आफ्नो गतिविधि गर्न पाउनुपर्नेमा जोड दिए ।

थापाले आफूहरूको आन्दोलन नितान्त शान्तिपूर्ण हुने भन्दै प्रशासनसँग भिडन्त गर्ने पक्षमा नरहेको जिकिर गरे ।

सोही छलफलमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जेठ १५ गते हुने आफूहरूको पूर्वनिर्धारित कार्यक्रमलाई भड्काउन खोजिएको आरोप लगाए ।

लिङ्देनको आरोप : जेठ १५ को हाम्रो कार्यक्रम भड्काउने प्रधानमन्त्रीको मनसाय देखियो

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved