गृहमन्त्रीले राजीनामा दिने अवस्था सृजना गर्छौं – प्रचण्ड

नेपालभ्युज

गृहमन्त्रीले राजीनामा दिने अवस्था सृजना गर्छौं – प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिने अवस्था सृजना गर्ने बताएका छन् ।

चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भिजिट भिसा प्रकरण गृहमन्त्रीसँग मात्रै नभइ सरकारसँग पनि सम्बन्धित रहेकाले विपक्षी दलले राजीनामा दिने अवस्था सृजना गर्ने बताएका हुन् ।

प्रचण्डले नेपाल समाजवादी पार्टीसँगको एकताका विषयमा कुनै विवाद नरहेको भन्दै महेन्द्र राय यादव महाधिवेशनका क्रममा माओवादीमा आउने उल्लेख गरे ।

प्रचण्डले बाबुराम भट्टराईले धेरै तह उत्रेर आफूमाथि अभिव्यक्ति दिने गरेको र बाबुरामको काम नै माओवादीको विरोध गर्नुमात्रै रहेको जिकिर गरे ।

उनले एकता प्रक्रियामा बाबुरामलाई आफूले छोडेको नभइ बाबुराम नै पार्टी, आन्दोलन र मार्क्सवाद छाडेर भागेको टिप्पणी गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved