प्रदेशलाई समृद्ध बनाउन ठोस् आधारसहितको बजेट ल्याउनुपर्नेमा बागमतीका सांसदहरूको जोड

नेपालभ्युज

प्रदेशलाई समृद्ध बनाउन ठोस् आधारसहितको बजेट ल्याउनुपर्नेमा बागमतीका सांसदहरूको जोड
फाइल तस्वीर ।

बागमती । बागमती प्रदेशसभामा बुधबारदेखि आगामी आर्थिक वर्ष २०८२–८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि छलफल प्रारम्भ भएको छ ।

बुधबारको बैठकमा प्रदेशसभाका सांसदहरूले प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आव २०८२–८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सन्दर्भमा धारणा राखेका छन् ।

मङ्गलबार बसेको बैठकमा आन्तरिक मामिला तथा योजनामन्त्री कुन्दराज काफ्ले आगामी आवको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । बैठकमा सांसदहरूले नागरिकको जीवनमा सकारात्मक परिवर्तन आउने र प्रदेशलाई समृद्ध बनाउन ठोस् आधारसहितको बजेट ल्याउनुपर्नेमा जोड दिए ।

आगामी नीति, कार्यक्रम र बजेट जनताको इच्छा, चाहना सम्बोधन हुने किसिमको, स्वदेशमा रोजगारी सृजना हुने किसिमको हुनुपर्नेमा जोड दिँदै सांसदहरूले कृषि, उद्योग, वन, पर्यटक प्रवर्द्धनलगायत विषयलाई आगामी बजेटमा प्राथमिकता दिनुपर्ने सुझाव दिए ।

बुधबारको बैठकमा भारतीकुमारी पाठक, उर्मिला सुनुवार, ठाकुरप्रसाद ढकाल, सृजना सैजु, डा दिनेशचन्द्र देवकोटा, सुरेन्द्रराज गोसाईं, आनन्दकुमार श्रेष्ठ, ईश्वर सापकोटा, गीता काफ्ले, केशवप्रसाद पोखरेल, मातृकाप्रसाद भट्टराई, प्रभात तामाङ, छिरिङ दोर्जे लामा, भरतबहादुर केसीलगायत सांसदले सरकारद्वारा प्रस्तुत आगामी आवको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमाथि धारणा राखे ।

प्रदेशसभाको अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी बिहीबारको बैठक सकिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved