म्यानमार सीमानजिकै कम्तीमा १० ‘आतंककारी’ मारिए : भारतीय सेना

नेपालभ्युज

म्यानमार सीमानजिकै कम्तीमा १० ‘आतंककारी’ मारिए : भारतीय सेना

काठमाडौं । म्यानमार सीमानजिकै कम्तीमा १० ‘आतंककारी’ मारिएको भारतीय सेनाले जनाएको छ ।

मणिपुरको चन्देल जिल्लामा आसाम राइफल्सको एक युनिटसँगको मुठभेडमा उनीहरूको मृत्यु भएको सेनाको दाबी छ ।

‘आसाम राइफल्सको एक युनिटले मे १४ मा एक अपरेसन सुरु गरेको थियो । पणिमस्वरुप भारत–म्यानमार सीमानजिकै चन्देल जिल्लाको नयाँ समताल गाउँ क्षेत्रमा सशस्त्र आतंककारीहरूर सूचना प्राप्त भयो,’ भारतीय सेनाको पूर्वी कमान्डले सामाजिक सञ्जाल एक्समार्फत भनेको छ, ‘अपरेसनका क्रममा संदिग्ध आतंककारीहरूले सैनिकहरूमाथि गोली चलाएका थिए, जवाफमा कम्तीमा १० आतंककारी मारिए ।’

यस अपरेसनमा ठूलो मात्रामा हतियार र गोला बारुद बरामद गरिएको सेनाले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved