काठमाडौं । महालेखा परीक्षकको कार्यालयले बढी बेरूजु हुने १० संघीय मन्त्रालयको विवरण सार्वजनिक गरेको छ ।
६२औं प्रतिवेदन सार्वजनिक गर्दै महालेखकाले बढी बेरूजु हुने मन्त्रालयको विवरण सार्वजनिक गरेको हो ।
संघीय सरकारमा २१ वटा मन्त्रालय छन् । बढी बेरूजु हुनेमा अर्थ मन्त्रालय छ । अर्थको बेरूजु ३३ अर्बत्र, ७१ करोड १७ लाख छ ।
यस्तै, दोस्रोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय छ । उक्त मन्त्रालयको बेरूजु ६ अर्ब ४३ करोड ६४ लाख छ । तेस्रोमा १ अर्ब ६७ करोड १४ लाख सहित रक्षा मन्त्रालय छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय चौथोमा छ । उक्त मन्त्रालयको बेरूजु १ अर्ब, ५० लाख ६५ करोड छ ।
यता, पाचौँ नम्बरमा रहेको परराष्ट्र मन्त्रालयको बेरूजु १ अर्ब ५ करोड ३३ लाख छ । ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयको बेरूजु ६५ करोड ५० लाख छ । सातौँ नम्बरमा शहरी विकास मन्त्रालय छ । जसको बेरूजु ६२ करोड ९ लाख छ ।
८औं नम्बरमा रहेको सञ्चार तथा सुचना प्रविधि मन्त्रालयको बेरूजु रकम ५० करोड २३ लाख छ भने ९औं नम्बरमा रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको बेरूजु रकम ३८ करोड ४९ लाख छ ।
१०औं नम्बरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरूजु २३ करोड ६० लाख छ ।
Facebook Comment
Comment