भारतीय सेनाले भन्यो : जम्मू–कश्मीरको साम्बामा शंकास्पद ड्रोन देखिए

नेपालभ्युज

भारतीय सेनाले भन्यो : जम्मू–कश्मीरको साम्बामा शंकास्पद ड्रोन देखिए

काठमाडौं । भारतीय सेनाले सोमबार जम्मू–कश्मीरको साम्बा क्षेत्रमा केही शंकास्पद ड्रोनहरू देखिएको बताएको छ ।

तिनीहरूलाई निष्किृय पार्ने काम भइरहेको सेनाले जनाएको छ ।

‘जम्मू–कश्मीरको साम्बा क्षेत्रमा केही शंकास्पद ड्रोनहरू देखिएको छ,’ सेनाले भनेको छ । तिनीहरूलाई निष्क्रिय पार्न कारबाही भइरहेको छ । चिन्ता लिनु पर्दैन ।’

यद्यपि, सेनाले अहिलेसम्म ड्रोनहरू कुन दिशाबाट आएका हुन् भन्ने मंगलबार बिहानसम्म खुलासा गरेको छैन ।

पहलगाममा भएको आक्रमणलाई लिएर चार दिनको सैन्य द्वन्द्वपछि मे १० मा दुई देशबीच यसलाई रोक्ने सम्झौता भएको थियो ।

तर सम्झौता भएको केही घण्टापछि नै भारतीय विदेश सचिव विक्रम मिश्रीले पाकिस्तानले सम्झौता उल्लंघन गरेको आरोप लगाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved