भारत र पाकिस्तानबीच युद्धविराम भएपछि सोमबार वार्ता भएको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार डीजीएमओ ( डायरेक्टर जनरल मिलिट्री अपरेसन्स)स्तरीय वार्ता जारी रहेको छ । भारतीय डीजीएमओ लेफ्टिनेंट जनरल राजीव घई र पाकिस्तानी डीजीएमओ मेजर जनरल काशिफ अब्दुल्लाहबीच हटलाइन वार्ता भइरहेको छ ।
कश्मीरको पहलगाममा एक जना नेपालीसहित २६ जनाको आतंकवादीले हत्या गरेपछि त्यसको दोष पाकिस्तानमाथि लगाउँदै भारतले पाकिस्तानमा हवाई आक्रमण गरेको थियो । त्यसपछि पाकिस्तानले पनि भारतका विभिन्न स्थानमा जवाफी आक्रमण गरेपछि दुई आणविक शक्तिसम्पन्न मुलुकबीच पूर्ण युद्धको खतरा बढेको थियो ।
यसरी क्षेत्रमा युद्ध हुन थालेपछि अमेरिकालगायतका अन्तर्राष्ट्रिय समुदायको हस्तक्षेपछि युद्धविराम गरिएको थियो । चार दिनसम्मको संघर्षपछि शनिबार युद्धविराम भएको थियो । त्यसै दिन सोमबारका लागि वार्ता पनि तय भएको थियो ।
Facebook Comment
Comment