एलओसीमा ४० जना पाकिस्तानी सेना मारेको भारतीय सेनाको दाबी

नेपालभ्युज

एलओसीमा ४० जना पाकिस्तानी सेना मारेको भारतीय सेनाको दाबी

काठमाडौं । भारत र पाकिस्तानबीच तीन दिनसम्म चलेको संघर्षपछि युद्धविराम भएको छ । अमेरिकी मध्यस्थतामा शनिबार युद्धविराम भएपछि भारतीय सेनाले पाकिस्तानविरुद्ध चलाएको अपरेसन सिन्दुरबारे जानकारी दिएको छ ।

आइतबार भारतीय सेनाका डीजीएमओ लेफ्टिनेन्ट जनरल राजीव घईले पत्रकार सम्मेलन गरी यो अपरेसनका बीचमा भएका घटनाबारे जानकारी दिएका छन् । उनले यो अपरेसन आतंकवादी ठेगनालाई केन्द्रित गरिएको दाबी गरेका छन् । साथै आतंकवादी र आतंकवादीका हेडक्वार्टर ध्वस्त बनाएको दाबी गरेका छन् ।

उनले यो तनावका क्रममा नियन्त्रण रेखा (एलओसी) मा ४० जना पाकिस्तानी सेनालाई मारेको दाबी पनि गरेका छन् । तर यसबारे पाकिस्तानले भने कुनै बताएको छैन ।

तर, यस क्रममा आफ्नोतर्फ भने कुनै क्षति नभएको भारतीय सेनाले जनाएको छ । एयर मार्शल एके भारतीले ७ मेमा कुनै क्षति नभएको बताए । तर पाकिस्ताले भने भारतका पाँचवटा जेट खसालेको दाबी गरेको थियो । अन्य अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले भारतीय सेनाका जेट खसेको पाइएको बताएका थिए ।

आणविक शक्तिसम्पन्न दुई चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तान पूणृ युद्धमा जाने खतरा उत्पन्न भएपछि अमेरिकालगायतका अन्तर्राष्ट्रिय समूदायको दबाबमा युद्धविराम लागू भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved