भारतीय वायुसेनाले भन्यो – अपरेसन अझै जारी छ

नेपालभ्युज

भारतीय वायुसेनाले भन्यो – अपरेसन अझै जारी छ

काठमाडौं । भारतीय वायुसेनाले अपरेसन अझै जारी रहेको जनाएको छ ।

सामाजिक सञ्जाल एक्समार्फत वायुसेनाले भनेको छ, “भारतीय वायुसेनाले अपरेशन सिन्दुरमा आफ्नो तोकिएको कार्यहरू सटीकता र व्यावसायिकताका साथ सफलतापूर्वक सम्पन्न गर्‍यो । यी अपरेशनहरू राष्ट्रिय उद्देश्यहरू अनुरूप सोचविचार र विवेकपूर्ण रूपमा सञ्चालन गरिएको थियो ।”

“अपरेसनहरू अझै जारी छन्, त्यसैले थप जानकारी पछि प्रदान गरिनेछ । भारतीय वायुसेनाले सबैलाई अनुमान र अप्रमाणित जानकारीको प्रसारबाट बच्न अनुरोध गर्दछ ।” थप भनिएको छ ।

पहलगाम आक्रमणपछि भारतले मे ६-७ को मध्यरातमा पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई आक्रमण गरेको थियो, जसपछि भारत र पाकिस्तानबीच तनाव बढेको थियो । यसपछि दुवै देशले एकअर्काको सैन्य अड्डाहरूमा आक्रमण गरेका थिए ।

शनिबार साँझ भारत र पाकिस्तानले दुई देशबीच युद्धविरामको घोषणा गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved