हेटौँडामा बागमती प्रदेश युवा सम्मेलन सुरु

नेपालभ्युज

हेटौँडामा बागमती प्रदेश युवा सम्मेलन सुरु

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा प्रदेश ‘युवा सम्मेलन २०८२’ सुरु भएको छ । आज (आइतबार) बिहान हेटौँडास्थित बुद्धचोकबाट प्रभातफेरीसहित कार्यक्रमस्थल पुगेको थियो ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामासहित प्रदेश सरकारका मन्त्रीहरुको समेत सहभागितामा प्रभातफेरी भएको हो । बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंको अध्यक्षता तथा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाका प्रमुख आतिथ्यमा सम्मेलनको उद्घाटन समारोह भएको छ ।

समारोहमा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको पनि आतिथ्यता रहेको थियो । सातै प्रदेशका युवाको सहभागिता रहेको सम्मेलनको उद्घाटन समारोहमा स्थानीय तथा परम्परागत झाँकी, साँस्कृतिक समूहहरूको प्रस्तुती रहेको थियो ।

वैशाख ३० गते सम्म तीन दिन सञ्चालन हुने सम्मेलनमा उद्यमशीलता, साइबर सुरक्षाका चुनौती, दिगो विकास तथा जलवायु परिवर्तनमा युवाको भूमिका, रोजगार सिर्जना, कृषि, शिक्षा, सीप तथा नवप्रवर्तन, सम्पदा भ्रमण लगायतका विविध क्रियाकलापमा ३ सय युवाहरूको सहभागिता हुनेछ । बागमतीमा २०८० सालदेखि युवा सम्मेलनको आयोजना हुँदै आएको छ । हालसम्म १० हजार पाँच सयभन्दा बढी युवा दक्ष जनशक्ति निर्माण भइसकेका परिषद्ले जनाएको छ । तथ्याङ्क अनुसार दोस्रो सम्मेलनपछि ४ सय ५ जना युवाले आफ्नै उद्यम सुरु गर्ने प्रेरणा पाएका थिए भने छन् ।

परिषद्ले २०७८ मा गरेको एक सर्वेक्षणमा ७ सय ५० जना युवाले नीति संवादको प्लेटफर्मको अभाव महसुस गरेको तथ्यको आधारमा परिषद्ले यस प्रकारको सर्वपक्षीय सम्मेलनको अवधारणा ल्याइ सोही अनुरुप कार्यक्रम गरेको जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved