चिनियाँ विदेशमन्त्री र भारतीय सुरक्षा सल्लाहकारबीच टेलिफोन वार्ता

नेपालभ्युज

चिनियाँ विदेशमन्त्री र भारतीय सुरक्षा सल्लाहकारबीच टेलिफोन वार्ता

काठमाडौं । चीनका विदेशमन्त्री वाङ यी र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजित डोभालबीच शनिबार टेलिफोन वार्ता भएको छ। चिनियाँ विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको हो। विज्ञप्ति अनुसार, वार्ता मे १०, २०२५ मा भएको थियो।

वार्ताका क्रममा भारतीय एनएसए डोभालले पहलगाममा भएको आतङ्कवादी आक्रमणले भारतीय नागरिकहरूलाई गम्भीर क्षति पुगेको र यसै कारण भारत कडा आतङ्कवाद विरोधी कदम चाल्न बाध्य भएको बताएका छन्।

विज्ञप्तिमा डोभालको भनाई उद्धृत गर्दै भनिएको छ, “युद्ध भारतको रोजाइ होइन र यो कुनै पनि पक्षको हितमा छैन। भारत र पाकिस्तान युद्धविरामको प्रतिबद्धतामा छन् र क्षेत्रीय शान्ति तथा स्थायित्व छिट्टै पुनःस्थापनाको दिशामा प्रयासरत छन्।”

चिनियाँ विदेशमन्त्री वाङ यीले टेलिफोन वार्तामा पहलगाम आक्रमणको चीनको तर्फबाट निन्दा गरेका छन्। उनले चीन सबै प्रकारका आतङ्कवादको विरोधी रहेको स्पष्ट पारे। वर्तमान विश्व परिस्थिति जटिल रहेको उल्लेख गर्दै वाङ यीले एशियामा शान्ति कायम राख्नु अत्यन्त आवश्यक भएकोमा जोड दिए।

उनले थपे, “भारत र पाकिस्तान यस्ता छिमेकी हुन् जसलाई परिवर्तन गर्न सकिँदैन, र यी दुवै चीनका पनि छिमेकी हुन्। चीन भारतको युद्ध नचाहने अडानको कदर गर्छ।”

चीनले भारत र पाकिस्तान दुवैले मिलेर वार्ताको माध्यमबाट स्थायी शान्तिको दिशा समात्नु आवश्यक रहेको बताएको छ। विज्ञप्तिमा भनिएको छ, “किनभने यही दुवै देश र सम्पूर्ण विश्वको हितमा हुन्छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved