जम्मूको आवासीय क्षेत्रमा पाकिस्तानको आक्रमण, त्रासमा सर्वसाधारण

नेपालभ्युज

जम्मूको आवासीय क्षेत्रमा पाकिस्तानको आक्रमण, त्रासमा सर्वसाधारण

काठमाडौं । शुक्रबार राति भारतस्थित जम्मू सहरको रेहरी कोलोनीमा पाकिस्तानले आक्रमण गरेको छ ।

स्थानीयहरूले बीबीसीलाई बताएअनुसार आक्रमणबाट धेरै घरमा क्षति पुगेको छ र धेरै सवारीसाधनका झ्यालहरू फुटेका छन् ।

पहिलो पटक सहरको मुटुमा रहेको आवासीय क्षेत्रलाई लक्षित गरिएको छ ।

पाकिस्तानले किन सर्वसाधारणमाथि आक्रमण गरिरहेको छ ? भन्दै स्थानीयले प्रश्न गरेका छन् ।

राकेश गुप्ताले भने, ‘ठूलो विस्फोट भयो र सम्पूर्ण क्षेत्र धुवाँले भरियो । जताततै डर र त्रासको वातावरण थियो । पाकिस्तानले किन सर्वसाधारणमाथि आक्रमण गरिरहेको छ ?’

आक्रमणबाट केही मानिस घाइते भएको र उनीहरूले नजिकैको अस्पतालमा भर्ना गरिएको बताइएको छ ।

यसैबीच जम्मू–कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाह पनि घटनास्थलमा पुगेका थिए । तर लडाकु विमानहरूमाथि उड्न थालेपछि तुरुन्तै त्यहाँबाट उनी फर्किएका थिए ।

‘हवाई आक्रमणको साइरन बजाइयो र मानिसहरूलाई क्षेत्र खाली गर्न भनियो,’ एक स्थानीयले बीबीसीसँग भने ।

भारतको दाबी : पाकिस्तानले तीन–चार सय ड्रोन घुसपैठ गर्‍यो, धेरै खसालियो


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved