हमासको आक्रमणबाट गाजामा दुई इजरायली सैनिकको मृत्यु, तीनजना घाइते

नेपालभ्युज

हमासको आक्रमणबाट गाजामा दुई इजरायली सैनिकको मृत्यु, तीनजना घाइते
फाइल तस्वीर

जेरुसेलम । गाजा पट्टीको दक्षिणी क्षेत्रमा बिहीबार भएको दुई फरक आक्रमणमा दुईजना इजरायली सैनिकको मृत्यु भएको छ । साथै तीनजना घाइते भएको इजरायली सेनाले जनाएको छ ।

पहिलो आक्रमणमा, २० वर्षीय लडाकु इन्जिनियर सार्जेन्ट यिशाई उरबाचको ज्यान गएको थियो, जब हामासका लडाकुहरूले राफाहस्थित एक भवनमा आरपीजी (रकेट–प्रोपेल्ड ग्रेनेड) प्रहार गरेका थिए । उक्त भवनमा इजरायली सैनिकहरू तैनाथ थिए । सो हमलामा दुई अन्य सैनिक घाइते भए, जसमध्ये एकको अवस्था गम्भीर छ । घाइतेहरूलाई हेलिकप्टरमार्फत इजरायलको केन्द्रीय अस्पतालमा लगिएको थियो ।

दोस्रो आक्रमणमा, २१ वर्षीय सार्जेन्ट याम फ्रिड एक ट्याङ्कमा भएको विष्फोटमा मारिएका थिए । राफाहमै भएको उक्त आक्रमणमा प्रयोग गरिएको आईईडी (विस्फोटक उपकरण) ट्याङ्कलाई लक्षित गरिएको थियो । ट्याङ्कमा रहेका दुई अन्य सैनिक गम्भीर घाइते भएका छन् ।

हामासले यी दुबै आक्रमणको जिम्मेवारी लिँदै टेलिग्राममार्फत उनका लडाकुहरूले पूर्वी राफाहस्थित एक घरभित्र १२ इजरायली सैनिकहरूलाई लक्षित गरी दुईवटा आरपीजी प्रहार गरेका जानकारी दिएको छ ।

गाजामा जारी स्थल आक्रमण अभियानका क्रममा हालसम्म ज्यान गुमाएका इजरायली सैनिकको सङ्ख्या ४१८ पुगेको छ ।

यसैबीच, इजरायलस्थित अमेरिकी राजदूत माइक हकाबीले शुक्रबार गाजामा मानवीय सहायता वितरण छिट्टै सुरु हुने बताए ।

जेरुसेलममा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले सहायता वितरणमा निजी सुरक्षाकर्मीहरू परिचालित हुने जानकारी दिए । ‘इजरायली सेनाले सुरक्षा व्यवस्थापनको जिम्मा लिनेछ,’ उनले भने ।

हकाबीले यो अभियान हामासलाई सहायता वितरणमा हस्तक्षेप गर्न नदिनका लागि डिजाइन गरिएको स्पष्ट पारे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved