काठमाडाैं । पाकिस्तानी सेनाको जनसम्पर्क विभाग (आईएसपीआर)ले भारतविरुद्ध प्रत्याक्रमण सुरु गरेको उद्घोष गरेकाे छ ।
पाकिस्तानले भारतले आफ्ना तीन सैन्य हवाई अड्डालाई निशाना बनाएको आरोप लगाउँदै अब त्यसको बदला लिने कारबाही सुरु गरेको जनाएको छ ।
आईएसपीआरका अनुसार पाकिस्तानले बदलाको कारबाहीलाई ’अपरेसन बन्यान मार्स’ नाम दिएको छ ।
पाकिस्तानी सेनाका प्रवक्ताले भारतले आफ्ना तीन सैन्य हवाई अड्डाहरूमा मिसाइल प्रहार गरेको बताएका छन् ।
पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले सरकारी टेलिभिजनमा भने ‘हामी जवाफ दिनेछौं ।’
पाकिस्तानी सेनाको वायु रक्षा प्रणालीले भारतका अधिकांश क्षेप्यास्त्र खसालेको उनको दाबी छ । ‘देशको सेना पूर्ण रूपमा तयार छ,’ उनले भने ।
पाकिस्तानले निशाना बनाएको दाबी गरेको सैन्य विमानस्थलमध्ये एक रावलपिण्डीमा रहेको नूर खान हो, जुन पाकिस्तानको राजधानी इस्लामाबादबाट १० किलोमिटर टाढा छ ।
पाकिस्तानको यी दाबीहरूमा भारतले अहिलेसम्म केही भनेको छैन ।
भारतीय रक्षा मन्त्रालयले भन्यो : बारामुल्लादेखि भुजसम्म २६ स्थानमा शंकास्पद ड्रोन देखियो
Facebook Comment
Comment